आज भन्दा करिव २० बर्ष अघि उनी ११
बर्षका नवकिसोर थिए । उनी घरका एक्ला छोरा हुन् । गहुँगोरो बर्ण, चार फिट जति उचाईका उनलाई सबैले
बोलाउने नाम "किरण" थियो । हेर्दा खाई लाग्दो, अनुशासित पढाईमा टाठो, स्कुलमा गुरु, गुरुआमा र साथि भाईका प्रिय थिए । ५ क्लासको
पढाइ सकिन लागेको थियो ।उनको घर परिवार सन्ततिको पढाइ लेखाईमा सहजताका लागि डोटी
स्थित एउटा गाउँमा बस्दै आएका थिए । किरण बिहान सबेरै उठि नित्य कर्म सकि खाना खाएर साथिसँग
स्कुल जान बाटोमा हिँड्दै थिए । छिमेकी ज्योति उनका मन मिल्ने साथि सँगै थिए।
देश पुरै
नेपाल बन्दमा थियो, सवारी साधन कतै चलेका थिएनन् , न कतै गुडेका थिए, हिँडेर गन्तब्यमा पुग्नुको बिकल्प पनि
थिएन ।महिना…….. को थियो, देशमा सशस्त्र आन्दोलनले उग्ररुप लिईरहेको थियो ।देशभरी कतै बैंक
आक्रमण, कतै प्रहरी चौकी त कतै प्रहरी कार्यालय आक्रमण र ध्वस्त भएका खवर
रेडियो र टेलिभिजनले नसुनाएको दिन नै हुदैनथ्यो ।
मान्छे
मरेको, घाइते भएको, सरकारी सँरचना ध्वस्त भएको, टेलिफोन टावर र बिजुलीका लाईन काटिएको, गाडी नियन्त्रण सवारी ध्वस्त, सवारी अवरुद्व, आन्दोलनकारी र सुरक्षा कर्मी बिच
दोहोरो फाइरिङ, बम बिस्फोट, एम्बुस र धराप पट्कि मृत्यु भएको खवरहरु तारन्तार आईरहन्थे ।
मान्छेहरु पशुवस्तु जस्तै मरेका हुन्थे। कति ज्ञात हुन्थे कति अज्ञातमै रहन्थे ।
दस बर्षे आन्दोलनमा मोफसलका बाटो
घाटोमा १० बर्ष देखि माथिका बालबालिकाहरु, युवक, युवतिहरुले पनि क्रान्तिकारी योद्वाले
झैँ बाटोमा हिड्ने पथिकलाई कहाँ के कामका लागि कति समयका लागि जान लागेको हो डिउटी
बसेर सोध्दथे । उसको सबै बिवरण लिएर मात्र कुनै पथिक आफ्नो गन्तब्यमा जान पाउँथ्यो र त्यसरी नै फर्कनु पर्थ्यो ।एक्लै
वल्लो गाउँबाट पल्लो गाउँ स्कुल बनपाखा अफिस जान पनि निकै कठिन हुन्थ्यो । बाटो
गल्छेउडा चोक उतिबेला निरस एकलास जँगलझैँ लाग्दथे । साँझ छ बजेपछि बाहिर निस्कनु
काललाई बोलाउनु जत्तिकै थियो ।
एकचोटी
खाना खाएर सुत्ने तरखरमा थियौँ, हिउँद लाग्न लागेको थियो, रातको ९.०० बजि सकेको थियो। केही सशस्त्र आन्दोदनकारी र केही निकट
बिध्यार्थिहरु पर्सि अमुक जँगलमा कार्यक्रम जान भाईलाई लिन आएका हौँ भन्न थाले । बुढिआमा डराएर सल्याक
सुलुक काम्न थाल्नु भयो । सानो भाइ उत्तिकै डराएर काँप्न थाल्यो, घरका सबै परिवार के गर्ने के नगर्ने
बोल्न नसक्ने भए । मैले सानो भाईलाई नलैजान खुव आग्रह गरेँ,श- सस्त्र आन्दोलनकारीहरुका अगाडि
मेरो केही उपाए हुने कुरो भएन मेरो । सकुशल फिर्ता ल्याईदिने बाचा गरे उनिहरु मध्येका एक भाईले ।मैलेपनि सीप नचलेपछि भाईलाई नडराई
जोगिएर जान भने, राति ओछेनमा सुतेको भाइलाई कार्यक्रममा पठाएँ, डर यो थियोकि उनिहरु र सुरक्षाकर्मी
बिच दोहोरो भिडन्त भएको अवस्थामा कसले के गर्ने हो भन्ने पिडाले पनि
सताईरहेको थियो । ईश्वर एति सम्झ्यौँ गन्तिनै थिएन। भाई चौथो दिनमा सकुशल फर्कि
आएपछि बल्ल घर परिवारको शरिरमा घाम लागेको खाना पचेको र निदाएको अनुभूति भयो ।
त्योबेला हामी जान्ने भएपछिको
ईतिहाँसकै भयावह र त्रासको अवस्था थियो ।यता किरण र उसको साथि ज्योति गफ
गर्दै गाउँको स्कुलमा बिहान नौ बजेपछि झोला बोकि गैरहेको अवस्थामा बाटोमा एम्बुस बिछ्याइएको रहेछ, अचानक एम्बुस बिधुतिय धराप पड्केपछि
स्कुल जाँदै गरेका किरण घाईतेमात्र भएनन्, ठाउँको ठाउँ,एकतिरको हात खुट्टा नै बाँकि नरहि
छियाछया भई मुत्यु भयो ।
एकछिनमा
सबै मान्छे भेला भए, सँयोगले किरणको साथि बाँच्न सफल भए, बिचरा किरणको सबै सपना चमनाचुर भयो, निर्दोष ११ बर्षका किरणको के नै दोष
थियो, आफन्त सबै अवाक भए, किरणको बाबाले छियाछया भएको शरीर टिपेर दाह सँस्कार गर्न
घाटतिर लागे, किरणका बाबा आमा निर्दोष एक्लो छोरा किरणको के दोष थियो भनेर छाती
पिटिपिटी रोईरहेका थिए। "किरणको झोला र किताव भने किरणलाई हेर्दै किरणसँगै
जलिरहेका थिए" ।
( लेखक- नरेन्द्र देवकोटा जिल्ला न्यायाधिवक्ता
जिल्ला सरकारी वकील कार्यालय,डोटी)
प्रतिक्रिया