रास्वपाका अध्यक्ष रविको अभिव्यक्ति प्रति पत्रकार महासँघको गम्भीर आपत्ति

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ २०:४५ बजे
पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले  आज दिएको अभिव्यक्तिप्रति  पत्रकार महासँघले आपत्ति जनाएको छ । पत्रकार महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको हाे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले आज  आफू सरकारबाट बाहिरीएसँगै गरेको पत्रकार सम्मेलनमा केही पत्रकार र मिडियाले आफूप्रति उठाएको प्रश्नमा आक्रोश पोखेका थिए । 

 विज्ञप्तिमा रास्वपाका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलन दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । सम्मेलनमा रवि लामिछानेले नेपाली  सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्तिमाथि गम्भीर प्रहार भएको उल्लेख गरीको छ । 

सञ्चार कम्पनी र सञ्चारकर्मीको नाम लिएर सार्वजनिक रुपमा  धम्की दिनुले  नेपालको सञ्चार प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुन सक्ने महासंघले चिन्ता प्रकट गरेको छ । 

May be an image of text

२०७९ माघ २२ २०:४५ बजे

प्रतिक्रिया