भारततर्फ गाँजा तस्कर गर्ने क्रममा दुई जना पक्राउ

भारततर्फ गाँजा तस्कर गर्ने क्रममा दुई जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ १४:४८ बजे
गाँजा तस्कर ग

 काठमाडौं ।   विराट नगरबाट भारतर्फ  गाँजा  लैजादै गरेका  दुई जना  युवा पक्राउ परेका छन् ।  सशस्त्र प्रहरी बलको टोली एपिएफले विराटनगरबाट लागुऔषध गाँजा भारततर्फ लैजाने क्रममा दुई जना युवक पक्राउ गरेको हो ।

एपिएफले विराटनगरको रानी नाका हुँदै जोगबनी भारततर्फ लैजाँदै गरेको ३ किलो गाँजासहित विराटनगर महानगरपालिका-४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डललाई पक्राउ गरेको जनाएको छ ।

दुवै जनालाई स ९ प ९६०६ नम्बरको मोटरसाइकलमा राखेर गाँजा भारततर्फ लैजाँदै गर्दा पक्राउ गरिएको  एपिएफ मोरङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लामिछानेले बताएका छन् ।  

उनीहरू विराटनगर-१६ हुलास मेटल चोकबाट मंगलबार पक्राउ परेका हुन्। चोकमा सशस्त्र प्रहरी देखेपछि अत्तालिएका दुवैजना भाग्न खोजेका थिए। तर, प्रहरीले घेरा हालेर मोटरसाइकलसहित पक्राउ गरेको थियो।पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि सशस्त्रले नेपाल प्रहरीको जिम्मा लगाइएको छ।


२०७९ साउन २५ १४:४८ बजे

प्रतिक्रिया