रविको ठाउँमा आफुलाई 'स्वतः विजयी’ घोषित गर्न माग गर्दै निर्वाचन आयोग पुगे उमेश श्रेष्ठ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ १२:३९ बजे
उमेश श्रेष्ठ

काठमाडौं ।   चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निवेदन दिन निर्वाचन आयोगमा पुगेका छन् । 

श्रेष्ठ निर्वाचन आयोगलाई  निवेदन बुझाएर आयोगबाट  बाहिरीएका छन् ।   श्रेष्ठले आफूले किन निवेदन दिएको भन्नेबारेमा पत्रकार सम्मेलनबाटै सबैलाई सपष्ट पार्ने बताएका छन् ।  यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम गर्ने कार्यक्रम रहेको छ ।  

लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मतान्तरले पराजित भएका थिए । कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए ।पाँच दलीय गठबन्धन साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए । 

२०७९ माघ २२ १२:३९ बजे

प्रतिक्रिया