नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ ०८:५९ बजे
हिमालयशमशेर जबरा

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । उनको  काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे ६ बजे निधन भएको हो  । उनकाे आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने  भएको छ । 

आज ११ बजेतिर अन्त्येष्टि गर्ने तयारी  रहेको छ । जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए ।

उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् । जबराका दुई छोरा र दुई छोरी छन् ।

२०७९ माघ २२ ०८:५९ बजे

प्रतिक्रिया