हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ ०८:५३ बजे
हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भु-भागमा आंशिक बदली रही तराईका धेरै भु-भागहरुमा हुस्सुरकुहिरो लागेको  जल तथा मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो  प्रदेश नं.१ का पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। भोली  दिउँसोː  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं। १ , गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

भोली राती  देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश नं.१का हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका तराईका भू-भागमा  लागेको हुस्सुरकुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

२०७९ माघ २२ ०८:५३ बजे

प्रतिक्रिया