अन्तरक्रिया कार्यक्रम सम्पन्न

रविको हकमा गरेको सर्वोच्चको फैसला सही । छोराछोरीलाई विदेश पठाउँदा र भिसा प्राप्त हुँदा खुशि हुने नेपाली कसरी देशभक्त हुन सक्छ ?

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ ०८:१७ बजे
अन्तरक्रिया

बुटवल । २०७९ माघ २० गते राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्च नेपालले  नेपालको नागरिकता सम्बन्धी व्यवस्था र आयाम विषयक बुटवलमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रमको अध्यक्षता अधिवक्ता पदं कार्की  र सञ्चालक स् बाबुराम आचार्य गर्नुभएको थियो।  प रोम देखिको नागरिकताको इतिहास खोतल्दै त्यो समयमा महिला, दाश, विदेशीहरु नागरिक थिएनन् । अहिले विश्वभर नागरिकता भएका छन् । नेपालमा नागरिकताको इतिहास लामो छैन तापनि अहिले हामी नेपालमा सबै नेपाली नागरिक भएका छौ । नागरिकता आमा सन्तानको साइनो हो । सनद, सबाल, दिव्य उपदेश, मुलुक ऐन, २००४ र २००७ साल सम्मका कानुनमा  नागरिकताका सबाल स्पष्ट थिएन । यसको इतिहास २००९ देखि शुरु भएको हो ।

पहिला वंशज, जन्मसिद्ध नागरिकता को व्यवस्था थियो । २०६३ को अन्तरिम संविधान ले नागरिकता ऐन नियमावली  जन्मका आधारमा र वैवाहिक नागरिकताको प्रावधान पारित गर्यो । यसले वास्तविक नेपालीहरू अल्पमतमा पर्छन् भन्दै सजगता अपनाउनु पर्छ । रवि लामिछानेको प्रसङ्गले नेपालमा थुप्रै दोहोरो नागरिकताधारीको विषयमा नजीर स्थापना गर्यो । यसले राष्ट्रियता बलियो भएको छ । रविले  सत्तरीदेखि आजसम्म गरेका सबै प्रक्रिया  र काम अवैध भएका छन भनि अधिवक्ता पदँ कार्किले आफ्ना विचार राख्नु भयो। अर्का वक्ता प्राध्यापकस् लिलबहादुर केसी ले फैसला र फैसलाका प्रभावहरुको विषयमा राष्ट्रिय छलफल भयो । रवि कानुनको दायरामा आउनुपर्छ ।

अरु स्वच्छ छविका मानिसहरुले पनि रविले गरेको काम गर्न सक्छन् । मुलुक कता जान्छ भन्ने कुरा आश्चर्य लाग्छ । २०६३ को नागरिकता ऐनमा कमजोरी छ । १२ बुँदे सम्झौतादेखि नै समस्या उठ्यो । दक्षिणको समस्या हो । रविको वारेमा संविधान र नागरिकता कानुन अनुसार अदालतले दिएको फैसला ठीक छ  भनि आफ्ना विचार प्रस्तुत गर्नु भयो। । 

 डा. बालकृष्ण चापागाईँ ले यो पटकको फैसला दूरगामी छ । सत्ता, स्वार्थ र लेनदेनका कुरा जोडिएको छ । विदेशमा गएका व्यक्तिहरूको सेन्टिमेन्ट जोडिएको छ । यो फैसला रविको मात्र हैन, भोलिको नजीर पनि हो । यस्ता दोहोरो नागरिकताधारीहरु धेरै छन् । यस फैसलाले तिनको लागि पनि काम गर्छ । यो गम्भीर विषय हो । यो राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित छ । अरु सँसद मन्त्रीले पनि दोहोरो नागरिकता लिएका हुन सक्छन् । रवि लामिछानेको दल मूलधारका दलहरुको विकृतिबाट जन्मिन हो  भन्नु भयो । नेपालमा नागरिकता सम्बन्धी व्यवस्था भएको ७० वर्ष भयो । २०३७ सालको जनमतसङ्ग्रहदेखि नै नागरिकता नितिमा विचलन आएको हो । २०६३ मा यो उत्कर्षमा पुग्यो । राष्ट्रियता नागरिकतासँग जोडिएका छ । आधार वर्ष पटक पटक फेरबदल भयो । यसले धेरै बिगार्यो । वास्तविक नेपाली नागरिकले नागरिकता पाएका छैनन् । रङ्गको आधारमा नागरिकता पाएनन् । अब पहिलो प्राथमिकतामा नागरिकता विधेयक जाँदैछ । २०७५ र २०७९ को विधेयकहरु पास हुन दिनु हुन्न 

नागरिकता सम्बन्धी साझा अवधारणा लिनु पर्छ । गैरआवशीय नेपालीहरुलाई नागरिकता दिने कुरा राम्रो हैन । रविको फैसला ठीक छ । भुटान, भारत लगायतका मुलुकमा नागरिता प्रदान गर्ने विधि कठोर छ  । रविको समस्याले नयाँ आँखा खोल्यो । अहिले वैदेशिक आकर्षण बढेको छ । नेपाली बन्नु भन्दा अरु मुलुकको नागरिक बन्नुमा गर्व गर्न थालिएको छन । त्यसैले नागरिकताको विषयमा  अझ गम्भीर र कठोर हुनुपर्छ भन्ने मत प्रेम सुवेदीले राख्नु भयो।

 रविको फैसला नागरिकता विषयमा बलिया नजीर हो । यसले दोहोरो नागरिकताधारीलाई ट्रयाकमा ल्याउँछ । अनि जन्मसिद्ध नागरिकका छोरा छोरीहरु, सडक बालकालिकाहरु, अल्पसङ्ख्यक यौनिक समुदायका नागरिकहरु, आमाको नामबाट नागरिकता पाउनु पर्ने छोराछोरीहरु, सार्क राष्ट्रबाहेकका गैर आवासीय नेपालीहरुलाई राजनीतिक बाहेक आर्थिक अधिकार मात्र दिने गरी  नागरिकता प्रदान गर्ने सबालले मुलुकको अहित गर्दैन । बरु सबै वर्ग र समुदायलाई पहिचान र आत्मसम्मान दिएर समानताबोधका साथ मूलधारमा हिंडाउँछ । सबै अटाउने देखिने र जोडिने समाज बनाउन अनुदार भावना हटाउनु पर्छ । यसबाट राष्ट्रियता बलियो हुन्छ । भारतबाट आउने बुहारीहरुको विषयमा अलिकता सुधार हुनुपर्छ । अरु सबै ठिक छ । उक्त विधेयक पारित गर्नुपर्छ भन्ने कुरा ऋषि आजाद ले भन्नु भयो। हामीमा दोहोरो चरित्र छ । भिसा पाएपछि जीवनको सबैभन्दा खुसीको दिन भन्ने साँसदहरु पनि छन् । ती कसरी नेपाली भए रु रविको मुद्दाले नयाँ सन्देश दिएपनि त्यो अरुमा पनि छ । तिनलाई कारवाही गर्न नजीर बनेको छ । सरकारी पढेका जागीर गर्ने बोर्डिङ् पढेकाहरु विदेश जाने देखिन्छ । दोहोरो नागरिकता हुनुहुँदैन । सँविधानले बोल्नुपर्छ । दक्षिण एसियाबाहेक अरुबाट आउनेलाई आर्थिक अधिकारबाहेक अरुअधिकार दिन नहुने गरी कानुन वनाउनु पर्छ । तर विदेशीलाई रोक्ने नाममा आफ्नै नागरिकललाई रोक्नु हुदैन रङग र जातको आधारमा नागरिकता रोकिएका छन्  त्यसलाई हल गर्नुपर्छ भन्ने धारणा विनोद पहाडी ले राख्नु भयो। 

रिमा बिसी स् छोराछोरी विदेश पठाउँदा सबैभन्दा खुसी हुने र बाआमालाई वृद्धाश्रम पठाउने नेपाली कसरी देशभक्त हुन्छन् । गैर नेपालीहरुले नागरिकता पाएका छन् । वास्तविक नेपालीले नागरिकता पाएका छैनन् । कसैलाई पनि अनागरिकताको अवस्थामा राख्न हुन्न । नागरिकता दिनु पर्ने कानुनी मापदण्ड पुगेका लाई दिनु पर्छ । दिन नहुने को-को हुन, त्यो छान्नुपर्छ । रविमय अवस्था अराजकता हो । रवि अराजकताको प्रतीक हुन् । कानुन आफूले नमान्ने अरुलाई मान्न लगाउने राम्रो हैन । रविलाई गृहमन्त्री बनाउने काम राम्रो हैन वनाउनु हुदैन भनी रिमा बिसीले आफ्नो धारण राखिन।

बाबुराम आचार्य स् अहिलेको नागरिकता विधेयक रहस्यमय र विदेशिहरुलाई नागरिकता दिइ नेपालमा नै नेपालीहरूलाई अल्पमतमा राख्ने प्रावधान राखेको छ । नागरिकता नपाएका नेपालीहरूलाई यसले नागरिकता दिदैन। नागरिकता छानविन गर्न का लागी उच्चस्तरको नागरिकता छानविन आयोग वन्नु पर्छ भनी वावुराम आर्चायले आफ्नो विचार राखे पछि कार्यक्रमका अध्यक्षता गरिरहेका पदँ कार्कीले  कार्यक्रमको समापन गर्नु भयो। 

२०७९ माघ २२ ०८:१७ बजे

प्रतिक्रिया