कविता-ज्यान मार्ने उधोग

bimbonline नरेन्द्र देवकोटा
२०७९ माघ २१ १८:३२ बजे
फोटो

ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने

ज्यान जान सक्ने कुनै काम गर्ननि नहुने

उत्तेजना या आबेशमा ज्यान लिन नहुने

मार्ने सम्मको कार्य गरि नमरे उधोग हुने ।

 

साँघातिक हतियार प्रहार भइ चोट हुनुपर्ने 

मर्न नदिन कुनै तत्वले रोके त्यो उधोग हुने

कसैको हस्तक्षेप भई ज्यान नगएको हुनुपर्ने

मार्ने मनसाय भइ मार्न नसकेको हुनु पर्ने । 

 

कसैको  हस्तक्षेपबाट रोकिएको नदेखिए

खुकुरी भएनि चुच्चोले घोपे उधोग नहुने

घाउँचोट भएनि नमर्नुको बाधक तत्व नभए

मार्नेसम्म बिध्यमानता नभए उधोग नहुने ।

 

चोट नहेरी उधोग मर्ने सम्मको कार्य हेरिने

घाउँ छन् भने साँघातिक बस्तुको आधार हेरिने

पेस्तोलले घाईते भए त्यो मार्ने मनसाय ठहर्ने 

तेर्सो पक्षको उपस्थिति भन्दा मनसायनै हेरिने ।

 

उधोग जहाँ दयानै  हुँदैन  निर्ममता हुन्छ 

निर्ममता हुँदा त्यहाँ गम्भीर नै प्रयास  हुन्छ

इच्छित् परिणाम् आउन बाँकी रहेको हुन्छ

उधोग हुन कार्य अपराधको नजिक हुनुपर्छ ।

 

 

( लेखक- नरेन्द्र देवकोटा जिल्ला न्यायाधिवक्ता

जिल्ला सरकारी वकील कार्यालय,डोटी )

 

 

२०७९ माघ २१ १८:३२ बजे

प्रतिक्रिया