कस्तो छ आजको मौसम ?

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २१ ०८:०७ बजे
आजको मौसम

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन। हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका भूभागमा हुस्सु-कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 आज दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती लुम्बिनी प्रदेशका साथै प्रदेश नं। १, बागमती प्रदेश र गण्डकी  प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं। १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका तराईका भू-भागमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

२०७९ माघ २१ ०८:०७ बजे

प्रतिक्रिया