नेपाल वारका महासचिव अन्जिता खनाल डडेल्धुरामा

नेपाल वारका महासचिव अन्जिता खनाल डडेल्धुरामा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ १४:२७ बजे
भेटघाटका झलकहरू

काठमाडौं ।  न्यायमा पहुँच कार्यक्रमको ( UNDP/A2J - NBA Ktm) सिलसिलामा सुप का ९ वटै जिल्लामा निःशुल्क कानुनी सहायताका लागि कार्यरत कानुन व्यावसायीहरूको सेवा प्रणालीको अवस्था तथा आगामी रणनीतिका बारे डडेल्धुरामा २०७९ श्रावण २३ र २४ गते सञ्चालित २ दिने कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रमको  सिलसिलामा ने.बा.ए सुप क्षेत्र का केन्द्रिय उपाध्यक्ष तुलाराम गिरी र नेवा ए का महासचिव अन्जिता खनाल   २०७९ श्रावण २४ गते दिउसो  डडेल्धुरा जिल्ला अदालत बार का कार्यालयमा उपस्थित  रहेका  थिए । वार एकाइ सचिव अधिवक्ता ओम प्रकाश साउद ,निवर्तमान अध्यक्ष अधिवक्ता लाल बहादुर जाग्री,  पूर्व  अध्यक्ष अधिवक्ता विष्णु भट्ट, वार उपाध्यक्ष अधिवक्ता नरेन्द्र रोकाय, कोषाध्यक्ष अधिवक्ता आरती  कार्यक्रममा  स्वागत गरेका हुन् ।

सो अवसरको अन्तरसम्वादको क्रममा डडेल्धुरा जिल्ला अदालत वारका तर्फ वाट लाल बहादुर जाग्रीले नेपाल वारले सञ्चालन गरेको न्यायलय सुदृढीकरण को अभियान का कारण भ्रष्ट तथा असक्षम  न्यायाधीशहरूलाई न्यायपरिषद्ले बर्खास्ती गरे पनि अझै यो अभियान लाई अगाडि बढाउनु आवश्यक रहेको बताएका छन् । 

जाग्रीले  बारमा स्व। प्र. न्या. रतन ब. बिष्ट स्मृतिमा पुस्तकालय स्थापनाका लागि समन्वय र सहयोग गर्न, यस वार एकाइको भवनमा बारको केन्द्रिय निर्वाचनमा डडेल्धुरा, वैतडी, दार्चुला,वझाङ वार एकाइको मतदान केन्द्र राख्न , सुपका पायकपर्ने पहाडी जिल्लाको प्रादेशिक क्षेत्राधिकार कायम रहने गरि डडेल्धुरामा उच्च अदालतको सर्किट बेञ्चका लागि  पहल गरिदिने कुराको आग्रह गर्नु भयो भन्ने पूर्व अध्यक्ष विष्णु भट्ट ले बारको समन्वयमा रहने कानुनी सहायता सेवा लाई असमर्थ पक्ष मैत्री बनाउन थप प्रभावकारी र नियमन गर्नुका साथै न्यायिक सुदृढीकरणका सवालमा विशेष भूमिका नेवाए ले निर्वाह गर्नु पर्ने कुरा राख्नु भयो ।

नेवाएका महासचिव अन्जिता खनाल ले ३ वर्षको कार्यकाल नेवाएको वृध्दि विकास र न्यायलय सुदृढीकरण मा लगाउने र डडेल्धुरा वार ले उठान गरेको विषयमा पहल र प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो सो कार्यक्रमको सहजिकरण ओम प्रकाश साउद ले गर्नु भएको थियो।

२०७९ साउन २५ १४:२७ बजे

प्रतिक्रिया