काठमाडौँ महानगरपालिकाको अपाङ्गता भएको व्यक्तिलाई अमानवीय व्यवहार : महासङ्घ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २१ ०७:१६ बजे
अपाङ्गता भएको व्यक्ति

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नगरप्रहरीले ह्विलचेयर प्रयोगकर्तालाइ केहि दिने अघि मात्रै उनिहरुको बसेको ठाउँबाट उठाएर गाडीमा हालेको थियो । महानगरपालिकाले चालेको यो कदमको धेरैले आलोचना गरेका छन् । अपाङ्गता भएका व्यक्तिलाई पक्राउ गरेको घटनाप्रति राष्ट्रिय अपाङ्ग महासङ्घले विरोध जनाएको छ ।

नेपालसमेत पक्षराष्ट्र भई हस्ताक्षर गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिविपरीत महानगरपालिकाले अपाङ्गता भएको व्यक्तिलाई अमानवीय व्यवहार गरेको महासङ्घले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, “अपाङ्गता भएका व्यक्तिको नैसर्गिक मर्यादाको सम्मान गरिनुपर्ने सिद्धान्तविपरीत नगरप्रहरीबाट ह्विलचेयर प्रयोगकर्ता अपाङ्गता भएको व्यक्तिलाई गरिएको पासवीय व्यवहार निन्दाको विषय मात्र नभई कानुनको घोर उल्लङ्घन भएको छ,।” 

२०७९ माघ २१ ०७:१६ बजे

प्रतिक्रिया