अपरिचित नम्बरहरुबाट आउने म्यासेज र शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २१ ०७:०७ बजे
शङ्कास्पद एप्लिकेशन

काठमाडौं । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरीले मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीले आग्रह गरेको छ ।  

अपरिचित नम्बरमा ‘नेपाली गर्ल’ नामको एपमार्फत् कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर हिजो सार्वजनिक गरेको छ । एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको भेटिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले  बताए ।  अहिलेसम्म २० जनाको बैंक तथा वालेटहरुमा पहुँच बनाएर ५१ लाख चोरे गरेको शाहले बताएका छन् । 

ह्वाट्सएपमार्फत् एपको लिङ्क पठाउने र लिङ्क खोल्नसाथ मोबाइलमा एप डाउनलोड भएर मोबाइलमा रहेका विवरणहरु उनीहरुको पहुँचमा पुग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । त्यसैले शङ्कास्पद एप्लिकेशन नखोल्न ललितपुर प्रहरीले अनुरोध गरेको छ । 

२०७९ माघ २१ ०७:०७ बजे

प्रतिक्रिया