भालुको आक्रमणबाट ठोरीमा २ जना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २० १९:०६ बजे
भालुको आक्रमण

काठमाडौं । भालुले आक्रमण पर्सा मा दुई जना घाइते भएका छन् ।पर्साको ठोरी गाउँपालिकामा दुई जना घाइते भएका  हुन् । ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएका हुन् । उनीहरु श्रीमान श्रीमति हुन् ।

शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो । सुकमायालाई बचाउन गएका बिबिलाल पनि घाइते भएको स्थानीयले बताएका छन् । 

जंगल क्षेत्रबाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा चोट लागेको छ भने बिबिलाल सामान्य घाइते भएका  छन् । घाइते दुवैजनालाई नारायणी अस्पताल वीरगञ्जमा उपचारका  भइरहेको छ । 

२०७९ माघ २० १९:०६ बजे

प्रतिक्रिया