तिनिधिसभा सदस्य अरूणकुमार चौधरी छाड्न नागरिक उन्मुक्तिको जुलुस

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २० १८:५७ बजे
जुलुस

काठमाडौं । प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरी पक्राउ परेपछि नागरीक उन्मुक्ति पार्टीले कैलालीमा प्रदर्शन गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा नाउपाले विरोधमा राँके जुलुसहित प्रदर्शन गरेको हो।

बाँकेबाट बिहीबार पक्राउ परेका चौधरीलाई शुक्रबार जिल्ला अदालतले कारागार चलान गरेको छ । अख१३ वर्ष अघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो।

बिहीबार नाउपाले सांसद चौधरीलाई निशर्त रिहा गर्न माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो।

२०७९ माघ २० १८:५७ बजे

प्रतिक्रिया