परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २० १५:०० बजे
परराष्ट्रमन्त्री पौड्याल

काठमाडौं । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन कोलम्बो पुगेकी परराष्ट्रमन्त्री डा. विमला राईले आज बेलुकी त्यहाँका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गर्ने छन् । भेटघाटपछि उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्ययोजना रहेको छ ।  

शनिबार बिहान श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तोलन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।उक्त कार्यक्रम सकिएपछि दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट हुनेछ ।

२०७९ माघ २० १५:०० बजे

प्रतिक्रिया