स्रोत नखुलेको २१ लाख भारतीय रुपियाँसहित तीन जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २० १४:३४ बजे
तीन जना पक्राउ

काठकाडौं ।  कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २१ लाख सात हजार एक सय भारतीय रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको भारतीय रुपियाँ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका अधारमा उनीहरुलाई  प्रहरीले पक्राउ गरेको हो ।  बिहीबार राति ९ बजे प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतको नेतृत्वमा खटिएका प्रहरी टोलीले कपिलवस्तु नगरपालिका–२ जमुवारपुलबाट भैरहवाको तौलिहवातर्फ आउँदै गरेको कार चेकजाँच गर्ने क्रममा उक्त रकम सहित उनिहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा राजेशकुमार बर्मा, राकेशकुमार बर्मा र गाडी चालक भारतको सिद्धार्थनगर ग्राम अनुपनगर नौगढ घर भई हाल मायादेवी गाउँपालिका इमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान  रहेका छन् । 

युपी ५५ ए एम ०४५९ नम्बरको गाडीमा फल्स बटम बनाई लुकाई राखेको स्रोत नखुलेको भारतीय रुपियाँसहित उनीहरुलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक बस्नेतले  बताएका छन् । स्रोत नखुलेको भारतीय रुपियाँलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाउने पहल भइरहेको जनाइएको छ ।  पक्राउ परेका तीनै जनालाई वैदेशिक मुद्रा अपचलनसम्बन्धी मुद्दा चलाउन थप अनुसन्धान भइरहेको छ । 

२०७९ माघ २० १४:३४ बजे

प्रतिक्रिया