म्याद गुज्रिएको कोभिड खोप किन दियो सरकारले ?

पत्रमा के छ?

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २० ०८:५० बजे
म्याद गुज्रिएको कोभिड खोप

काठमाडौं । गत डिसेम्बर २५ मा रूपक भट्ट (परिवर्तित नाम)  काठमाडौंंको ग्रान्डी इन्टरन्याशनल अस्पतालमा म्याद गुज्रिएको कोरोनाभाइरसविरुद्ध बुस्टर डोज  लागाए । उनलाई शूरुमा थाहा थिएन,उनले पनि पछि थाहा पाए । उनले आफुले थाहा पाएपछि मनमा चिसो पसेको अनुभव सुनाएका छन् ।

खोप लगाएको भोलिपल्टसम्म उनले कहीँबाट उक्त खोपसम्बन्धी कुनै जानकारी पाएनन्। त्यतिन्जेल उनी बिरामी परिसकेका थिए । उनले आफुले त्यो खोप म्याद नाघेको थाहा पाएपछि आफुलाई मनोवैज्ञानिक असर परेको बताए  । उनले लगाएको खोपले केहि असर नगर्ने थाहापाएपछि  मनमा शान्ती छाएको बताए । 

गत पुस महिनाको पहिलो सातादेखि सिराहा जिल्लाका विभिन्न खोप केन्द्रहरूमा फाइजरको सोही खोप वितरण भयो। त्यहाँका विद्यार्थीहरूले आफूले लगाएको खोपको म्याद सकिएको गुनासो गरेका थिए । त्यहाँ पनि उक्त खोप वितरण गर्नुको प्रमुख आधार थियो स्वास्थ्य कार्यालयबाट जारी भएको त्यही पत्र। जसमा कोभिड-१९ विरुद्ध खोपको “सेल्फ लाइफ भएको” जनाइएको छ।

पत्रमा के छ?

कार्तिक महिनाको अन्त्यतिर उक्त पत्र जारी हुँदा नेपालमा सन् २०२२ को अक्टोबर र नोभेम्बरमा म्याद गुज्रने फाइजर खोपहरू उपलब्ध थिए। परिवार कल्याण महाशाखालाई उद्धृत गर्दै ती खोपलाई “अल्ट्रा कोल्ड चेनमा राखेर सेल्फ लाइफ कायम गर्न सकिने” पत्रमा उल्लेख गरिएको छ।'

 पत्र 

सूचना

डब्लूएचओ

कोभिड-१९ महामारीको अत्यावश्यकतालाई मध्यनजर गर्दै आस्ट्राजेनेका कोभिशिल्ड लगायत अन्य धेरै खोपहरूलाई प्रारम्भिक आपत्कालीन प्रयोगको लागि प्रमाणीकरण गरिएको थियो। त्यस बेला नियामक‌ निकायहरूसँग खोपको म्याद तय गर्नका लागि छ महिनाको तथ्याङ्क मात्र उपलब्ध रहेको डब्लूएचओको वेबसाइटमा जनाइएको छ।“विश्व स्वास्थ्य सङ्गठनबाट आपत्कालीन प्रयोगको अनुमति पाएका र सूचिकृत भएका सबै खोपहरूको भण्डारण आयु र प्रयोगयोग्य अवधि बढाउन उत्पादकहरूले दिएको तथ्याङ्कको समीक्षा गरिन्छ। त्यसपश्चात् समीक्षाको नतिजा सबै राष्ट्रहरूको राष्ट्रिय नियामक निकायहरूलाई वितरण गरिन्छ जसले आफ्नो देशका लागि थप निर्णय गर्छन्।“

कुनै पनि देशको राष्ट्रिय नियामक निकायले त्यहाँ कोभिड-१९ खोप लगाउन स्वीकृति दिएपछि “सबै परिवर्तनहरूको निरीक्षण गर्नुपर्ने र निरीक्षणका क्रममा खोपको भण्डारण आयु र म्यादलाई प्रभाव पार्ने परिवर्तनहरूको पनि विश्लेषण गर्नुपर्ने” जनाइएको छ। भण्डारण आयुले निश्चित तापक्रममा रहँदा खोपले आफ्नो प्रभावकारिता कति समयसम्म कायम राख्न सक्छ भन्ने कुरा सङ्केत गर्ने डब्लूएचओले उल्लेख गरेको छ। “भण्डारण आयुले उत्पादित खोपको म्याद स्थापित गर्न सहयोग गर्छ। म्यादले खोपको सुरक्षामा प्रभाव पार्दैन, तर खोपले कतिसम्म सुरक्षा दिन्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ।“

स्वास्थ्य कार्यालयले जारी गरेको पत्र र स्वास्थ्य प्रवक्ताका स्वीकारे पनि स्वास्थ्य सचिव भने फाइजर खोपको म्याद थप गरिएको कुराको खण्डन  गरेका छन् । “हामीले म्याद गुज्रने बित्तिकै खोपहरू फाल्छौँ। त्यसैले म्याद गुज्रिएको खोप चलाउने कुरै छैन। हामीले कसरी लाइफ एक्सटेन्ड गर्नेरु जे मिति छ त्यसैको आधारमा चलाउने हो नि,” सचिव डा.रोशन पोखरेलले भने।उनका अनुसार अहिले सरकारसँग सिनोभ्याकको ४० लाख खोप मात्र छ। त्यसको म्याद अझै एक वर्ष बाँकी छ तर बुस्टरको रूपमा दिन नमिल्ने भएकाले उक्त खोप प्रयोग गरिएको छैन।

२०७९ माघ २० ०८:५० बजे

प्रतिक्रिया