देशका पहाडी भू-भागहरूमा आंशिक बदली

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २० ०८:१४ बजे
आंशिक बदली

हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन। हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पुर्वानुमान महाशाखाले  जनाएको छ । 

आज दिउँसो  प्रदेश नं.१ र गण्डकी  प्रदेशका भू-भागहरूमा  आंशिक बदली रही देशका बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। आज राती  प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

२०७९ माघ २० ०८:१४ बजे

प्रतिक्रिया