कैलाली –२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १९ १६:५४ बजे
अरुणकुमार चौधरी

काठमाडौं । कैलाली –२ बाट निर्वाचित  प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् ।  ट्रयाक्टर जलाएको मुद्दामा फरार सूचीमा  रहेका सांसद  अरुणकुमार चौधरी आज पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले अरुणकुमार चोधरी पक्राउ परेका जनाएका छन् । 

जिल्ला आदालत कैलालीबाट चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई कोहलपुरबाट पक्राउ गरीएको हो । उनलाई ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो

तीनै जनालाई ६ महिना कैद र आठ लाख १९ हजार रुपियाँ भराउने अदालतको फैसला छ । ट्रयाक्टरधनी मोतीपुरका महादेव बजगाइँले तीनै जनाविरुद्ध उजुरी दर्ता गर्नुभएको थियो । अदालतले गरेको फैसला कार्यान्वयनका लागि सांसद चौधरीलाई पक्राउ गरिएको जनाइएको छ ।

अदालतले दोषी ठहर गरेको चौधरी सजाय भुक्तान नगरी नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।  

२०७९ माघ १९ १६:५४ बजे

प्रतिक्रिया