हुस्सु-कुहिरोले तराइको दैनिक जनजीवन प्रभावित

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १९ ०८:१३ बजे
हुस्सु-कुहिरो

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका  केही  भू-भागहरूमा हल्का हुस्सु लागेको जल तथा मौसम पुर्वानुमान महशाखाले जनाएको छ । 

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

आज राती  प्रदेश नं.१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

तराईका भू-भागहरुमा विहानीपख लागेको हुस्सुरकुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ। 

२०७९ माघ १९ ०८:१३ बजे

प्रतिक्रिया