युवराज पौडेल सफलद्धारा रवि लामिछानेको पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १८ १५:४७ बजे
आयोगमा उजुरी

काठमाडौं । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी  दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्।

उजुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने माग गरेका छन् । लामिछानेले गरेको निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेज हुनुपर्ने उनले उजुरीमा उल्लेख गरेका छन् । 

324159818_670775051467252_2817920071717376030_n

२०७९ माघ १८ १५:४७ बजे

प्रतिक्रिया