धनुषामा प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना प्रकाउ, सर्च अप्रेसन तिव्र

bimbonline दिवेश कुमार महतो
२०७९ माघ १८ ११:२५ बजे
३ जना प्रकाउ

जनकपुरधाम। धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर हिरासतको पर्खाल फोडेर भागेका ६ जना मध्ये तीन जना थुनुवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका-२ का २५ वर्षीय हरिदिप सिंह, क्षिरेशवरनाथ नगरपालिका-२ का  २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका-६ का रोशनकुमार महतो रहेका छन् ।

अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो ।

गत आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए ।

तीन जना पक्राउ परेको र बाँकी तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले सर्च अपरेशन चलाई खोज तलास जारी राखेको प्रहरीको भनाइ छ ।

२०७९ माघ १८ ११:२५ बजे

प्रतिक्रिया