मालपोत कार्यालयबाट बिचौलिया पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १८ ०९:११ बजे
बिचौलिया पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट बिचौलियाको आरोपमा पाँचजनालाई  पक्राउ  गरीएको छ । महोत्तरीको मटिहानी नगरपालिका अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका रोशन कुमार यादव, जलेश्वर नगरपालिका विक्रम चौधरी, औरही नगरपालिका सुरेश गोप र बलवा नगरपालिका अमित कुमार मल्लिक लाई पक्राउ गरीएको छ । 

छिटो काम गराइदिने भन्दै सेवाग्राहीलाई प्रलोभन देखाइ रकम बार्गेनिङ गरिरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुमाथि सार्वजनिक शान्ति विरूद्धको कसूर मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२०७९ माघ १८ ०९:११ बजे

प्रतिक्रिया