अधिवक्ता नरेन्द्र रोकायाको असामयिक निधन

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १७ २१:१८ बजे
नरेन्द्र रोकाया

 डडेल्धुरा । बझाङ स्थायि घर भइ डडेल्धुरालाई कर्मथलो बनाउदै आएको अधिवक्ता नरेन्द्र रोकाया डडेल्धुरा जिल्ला वार एकाइ मा आवद्द भइ वार एकाइ अन्तर्गतको कानुनी सहायता समितिका कार्यालय प्रमुख रहि लामो समय देखि न्याय र कानुनको क्षेत्रमा काम गर्दै आउनु भएको थियो। उहाँको स-परिवार डडेल्धुरामा नै रहेको छन्। परिवारमा एक जना श्रीमति तिन छोरी र दुई जना छोरा  रहेका छन। उहाँले आइ.एल. सिध्दनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर (हालको सुप विश्वविद्यालय)वि.एल. नेपाल ल  क्याम्पस काठमाण्डौ बाट गर्नु भए को थियो। डडेल्धुरा जिल्ला अदालत वार एकाइका उपाध्यक्ष पनि हुनुहुन्थो । यही माघ १३ गते काम विशेषले धनगढि गएको समयमा एक्कासि बिरामी परि माया मेटो अस्पतालमा उपचारको क्रममा यही १६ गते राति उहाँको असामयिक निधन भएको निजका परिवारजनले बताएका छन्।

अधिवक्ता नरेन्द्र रोकायाको निर्धन प्रति डडेल्धुरा जिल्ला अदालत वार एकाइले  एक विज्ञप्ति निकाली भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ की- डडेल्धुरा जिल्ला अदालत बार इकाईका उपाध्यक्ष एवं जिल्ला कानूनी सहायता प्रमुख अधिवक्ता नरेन्द्र रोकायाको यही मिति २०७९/१०/१६  गते राती धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा अल्पआयुमै भएको दुःखद निधनबाट सिङ्गो वार परिवार स्तब्ध भएको छ । उहाँले डडेल्धुरा जिल्लालाई आफ्नो कर्मथलो बनाई न्याय र कानूनको क्षेत्रमा पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ साथै यस दुःखद घडीमा उहाँका शोक सन्तप्त परिवार एवम् आफन्तजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना सहित हार्दिक संवेदना व्यक्त गर्दछौँ । 

 वार एकाइको प्राङ्गणमा अधिवक्ता नरेन्द्र रोकायको पार्थिव शरीर प्रति श्रद्धाञ्जली 

आज डडेल्धुरा जिल्ला अदालत वार एकाइले  श्रध्दाञ्जली कार्यक्रम आयोजना गरेको थियो । मृतकको पार्थिव शरीरमा जिल्ला न्यायाधीस बालकृष्ण वाग्ले, वारका निवर्तमान अध्यक्ष अधिवक्ता लाल बहादुर जाग्री, अदालतका श्रेष्तेदार रामु शर्मा, सुप प्रदेश सभा सदस्य तारा जोशि , वारको पुर्व सचिव एव निवर्तमान मन्त्री पठान सिह बोहरा , अधिवक्ताहरू विष्णु भट्ट, युवराज जोशि, आरति शर्मा, अदालतका तहसिलदार पुष्पराज जोशी  ,पत्रकार महासङ्घका पदाधिकारीहरू, नेकपा(एमाले) का जिल्ला सचिव गजेन्द्र शाहि समेतका नेता कार्यकर्ता र  सर्वधारणले फुलमाला अर्पण गरि श्रद्धाञ्जली दिएका थिए। सो कार्यक्रममा जनसाधरणको उल्लेख्य उपस्थिति थियो।कार्यक्रमको  सञ्चालनक वार सचिव अधिवक्ता ओम प्रकाश साउदले गर्नु भएको थियो।उहाँको अन्त्यष्टी  भोली जन्मथलो वझाङको पिखेतको घरमा हुने कुरा मृतकका दाजु कृष्ण रोकाया ले बताउनु भयो।

पार्थिक शरिर माथि फुलमाला अर्पण गर्दै  श्रध्दाञ्जली


२०७९ माघ १७ २१:१८ बजे

प्रतिक्रिया