बझाङमा एक अनुकरणिय कार्य : जनश्रमदान बाट काठेपुल निर्माण

bimbonline डम्मर धामी
२०७९ माघ १६ १९:१५ बजे
पुल निर्माण पछिको सामुहिक फोटो

बझाङ । बझाङ जिल्ला को दुर्गाथली गा.पा.वार्ड न.६ चुवाबनमा  जनश्रमदानबाट  काठेपुल निर्माण भएको छ। विकट हिमाली जिल्ला बझाङ को पनि  विकट गाउँपालिका दुर्गाथली गाउँपालिका वडा नँ ६ चुवाबनको खोलामा स्थानीय तहले उक्त ठाउँमा 'RCC' पुल  निर्माण गर्ने भनेर रु ५ लाख रुपियाँ छुट्याएको भए तापनि वडाअध्यक्ष ले आफ्नो मनोमानी  ढङ्गले पालीकाको सो योजना लाई अन्यत्र  पुल निर्माण गर्ने सम्झौता गरेपछि त्यहाँका स्थानीय जनताले स्थानीय साधन स्रोतको प्रयोग गर्दै श्रमदानबाट सो काठेपुल निर्माण गरेका हुन।

वर्तमान वर्डाअध्यक्षले पालीकाको निर्णय नै कार्यान्वयन गर्न नसकेका कारण जनश्रमदान गरि काठेपुल निर्माण गर्नु पर्ने अवस्था सृजना भए पछि निवर्तमान वडाअध्यक्ष धिरज बहादुर जाग्री र दुर्गाथली गापा वडा नँ ६ माडुधार बस्ने समाजसेवी करन बहादुर जाग्रीको अग्रसरतामा जनसहभागिता जुटाइ जनश्रमदान बाट सो काठेपुल निर्माण भएको कुरा निवर्तमान अध्यक्ष धिरज बहादुर जाग्री ले बताए।

सो पुल निर्माण गर्दा लागेको काठ  स्थानीय समाजसेवी करन बहादुर जाग्रीले काठ उपलब्ध गराए । जाग्रीले काठको चिरानी बापत रु ६०००। (छ हजार)  उपलब्ध गराइ दिएका छन्। अरु सबैकाम जनश्रमदानबाट भएको छ । वर्डाअध्यक्ष ले पुल निर्माण गर्न छुट्याएको रकम अन्य खर्च गरे पनि जनताले आफूलाई चाहिने पुल स्वयमले  स्थानीय स्रोत साधनको उपयोग गर्दै   निर्माण गरेका हुन । यस कार्य बाट कागज मिलाएर रकम  भ्रष्टाचार गर्ने व्यक्तिलाई  कारवाही गर्नु पर्ने र जनश्रमदान गरि आफ्नो गाँउ आफै बनाउने जनताको कार्य र  चाहनाले वडाअध्यक्ष ,गा.पा. अध्यक्ष ,प्रदेश र केन्द्र सरकार को खिल्ली उडाएको छ। 

                                                                                                                                            नयाँ पुल पार गर्दै बच्चाहरु

जनता स्वयंले पनि विकासका काम गर्न सक्छन् भन्ने प्रेरणा यो कार्यले दिएको छ । यस्ता जनश्रमदानका अनुकरणीय कार्यहरू अरु ले पनि अनुसरण गर्नु पर्छ भनि विरेन्द्र लुहारले बताए।

                                   
                                           

२०७९ माघ १६ १९:१५ बजे

प्रतिक्रिया