सेवाग्राहीलाई हैरानी दिने मालपोत कार्यालयका ८ जना कर्मचारी पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १६ १४:२५ बजे
कर्मचारी पक्राउ

काठमाडौं । वीरगञ्जको मालपोत कार्यालय परिसरबाट ८ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । सेवाग्राहीलाई हैरानी दिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्तालाई पक्राउ  परेका छन् । 

मालपोत कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिन्छु भनेर बार्गेनिङ गरेको गुनासो आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

मालपोत कार्यालयमा सेवाग्राहीको फाइल बोकेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको जनगुनासो पटक पटक आएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी कार्यालय पर्साले जनाएको छ । 

उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान भइरहे छ ।

२०७९ माघ १६ १४:२५ बजे

प्रतिक्रिया