राष्ट्रपतिको निर्वाचन २५ फागुन हुने

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १६ १४:१० बजे
राष्ट्रपतिको निर्वाचन

काठमाडौं । राष्ट्रपतिको निर्वाचन  आगामी फागुन २५ गते हुने भएको छ ।  सोमबार निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने लागेको छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।

उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।

२०७९ माघ १६ १४:१० बजे

प्रतिक्रिया