भारतमा नेपालीहरु संगठित

bimbonline डम्मर धामी
२०७९ माघ १६ १३:५३ बजे
नेपालीहरु संगठित

भारत कर्नाटक ।

भारतको ब्याङलोरमा कामको सिलसिलामा छरिएर रहेका ज्याबनी समुदायका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको छ।

प्रवासमा हुँदाका समस्या, आकस्मिक घटना, बिबिध समस्या र ज्याबनका धर्म, संस्कृति परम्परा लाई जीवन्त राख्ने हेतुले नयाँ उत्साह हौसलाका साथ लोकेन्द्र गुर्धामीको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति र गंगालाल धामी को संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो।  जस अनुसार कार्यसमिति का अध्यक्ष लोकेन्द्र गुर्धामी, बरिष्ठ उपाध्यक्ष बिनोद धामी ,उपाध्यक्ष दिपेन्द्र धामी, सचिव कमल जाग्री, सहसचिव दिलबहादुर धामी, उपसचिव  मंगल गुर्धामी, कोषाध्यक्ष  बिमलराज जोशी ,सहकोषाध्यक्ष मनोज जाग्री सदस्यहरूमा क्रमशःगजेन्द्र धामी , चक्र बहादुर धामी,  गगन धामी , गणेश गुर्धामी , बिरबहादुर धामी , लक्ष्मण धामी , बलदेव धामी ,भक्तसिह धामी , गोबिन्द जाग्री , सुन्दर धामी , रामबहादुर जाग्री , नरबहादुर बोहरा ,कमल जाग्री , लालबहादुर धामी बयोबृद्ध  रामे धामी लाई आमभेला ले चयन गरेको हो।

सल्लाहकार समिति का संयोजक गंगालाल धामी ,बरिष्ठ सहसंयोजक एल बि धामी सहसंयोजक नरेशबहादुर धामी सदस्यहरुमा क्रमश मदन जाग्री, स हरिश धामी,  मकर जाग्री , चन्द्र जाग्री रहेका छन। यो प्रवासी ज्याबन एकता समाज ले सबै आमाबुबा दाजुभाइ दिदीबहिनीको सहयोगमा सक्रिय भै सामाजिक सेवामा निरन्तरता सहित बार्हदेबको महिमा सांस्कृतिक परम्परा अगाडि बढाउने मा हौसला सहित काम गर्ने अध्यक्ष गुर्धामीले प्रतिबद्धता व्यक्त गर्नु भएको कुरा नरेश धामी ले बताएका छन्।

२०७९ माघ १६ १३:५३ बजे

प्रतिक्रिया