नेकपा(मशाल) ले गर्यो दोहोरो नागरिकता छानविनको माग र अदालतको फैसलाको सम्मान

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १६ १३:४४ बजे
मशाल
 काठमाडौं ।  नेकपा(मशाल) का महासचिव सन्त वहादुर नेपालीले हिजो एक विज्ञप्ति निकाली  भनेका छकी( गत निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर २१ वटा सिट हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने उपप्रधान र गृहमन्त्री समेतको पदमा पुगेको अवस्थामा नागरिकता प्रकरणमा सर्वोच्च अदालतले नेपाली नागरिकता कायम नरहेको फैसला गरेको छ । अमेरिकी नागरिकता परित्याग गरेको प्रमाण पेश नगरेको र नेपाली नागरिकता पुनः प्राप्त पनि नगरेको अवस्थामा कुनै पनि पदमा रहन अयोग्य रहेको फैसलापछि लामिछानेले उपप्रधान मन्त्री, गृहमन्त्री, सांसद र पार्टीको सभापति बाट समेत हटेको र आफु अहिले “अनागरिक” भएर बसेको स्वीकार गरेका छन् । सर्वोच्चको यो फैसलालाई हाम्रो पार्टीले सम्मान गर्दछ ।

यो फैसलाको आधार भनेको उनको पहिलेको नागरिकता, पासपोर्ट र अमेरिकी नागरिकता परित्याग र नेपालको संविधान तथा नागरिकता ऐन हुन् । त्यसकारण सर्वोच्चको फैसलाप्रति नकारात्मक दृष्टिकोण राख्नु पर्ने आवश्यकता देखिदैन । रवि लामिछानेले गल्ती गरेका थिए र छन् भन्ने देखिन्छ । तर अबैध नागरिकतावाला व्यक्ति कसरी निर्वाचन लडेर उपप्रधान मन्त्री र गृहमन्त्रीसम्म पुग्यो रु यसको जबाफ सम्बन्धित निकायले दिनु पदर्छ । ग्यालेक्सी टिभि दर्ता गर्दा, निर्वाचन आयोगमा उमेदवारी दिंदा उनको नागरिकताको कानुनी आधारमा किन जाँच गरिएन रु यसबारे सरकारले जबाफ दिनु पर्छ ।। नागरिकताको विषय एउटा रवि लामिछानेको मात्र प्रश्न होइन, नागरिकता छानविन गर्नेहो भने हजारौँ नेपालीहरूको दोहोरो नागरिकता देखिन सक्छन । सरकारले त्यसबारे कुनै वास्ता नगर्दा यस प्रकारको घटना घटेको हो । यस्ता घटना को पुनरावृर्ति हुन नदिन  दोहोरो नागरिकता छानविन गर्न नागरिकता उच्च स्तरिय छानविन  आयोग गठन गर्नु पर्ने जनाएको छन।

 
२०७९ माघ १६ १३:४४ बजे

प्रतिक्रिया