धनुषा : प्रहरी हिरासतबाटै ६ थुनुवा फरार

bimbonline दिवेश कुमार महतो
२०७९ माघ १६ ०९:१७ बजे
६ थुनुवा फरार

जनकपुरधाम।

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत बाट ६ जना थुनुवा फरार भएका छन् । रातिको‌ समयमा हिरासत फोडेर ६ जना अभियुक्त फरार भएका हुन् ।

हिरासतमा ७ जना थिए । जस मध्ये एकजना बाहेक सबै फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रखीपबहादुर क्षेत्रीले पुष्टि गरे ।उनका अनुसार दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्रव्यवहार,लागूऔषध र सवारी दुर्घटना मुद्दाका एकएक जना थिए । जस मध्ये सवारी दुर्घटनाको मात्र बाँकी रहेका छन् ।इलाका प्रहरीको भवन पुरानो एवं पछाडि पट्टबाट जीर्ण रहेकाले पर्खाल फोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

२०७९ माघ १६ ०९:१७ बजे

प्रतिक्रिया