जोगबुडा अस्पतालको लापरवाहीले एक शिशुकाे निधन, पीडितले गरे उजुरी

bimbonline डम्मर धामी
२०७९ माघ १५ २०:०८ बजे
जोगबुडा अस्पताल

डडेल्धुरा । जोगबुडा अस्पतालमा सुत्केरी व्यथा लागेर डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वार्ड न.१  सलौन बस्ने बिस्ना धामी यही माघ १३ गते बिहान १० वजे अस्पतालमा भर्ना भएकी थिइन। 

अस्पतालका स्वास्थ्यकर्मीहरूले नर्मल सुत्केरी हुन्छिन् भनी सो दिन भरी अस्पतालमा नै राखेका र साँझ अँध्यारो भए पनि यहाँ सुत्केरी हुन सक्दैन अप्रेसनका लागी धनगढी लिएर जानु पर्छ भने पछि एम्बुलेन्स खोज्दा अस्पतालको एम्बुलेन्स बिग्रिए र पुरानो अवस्थामा भएको ले सेवा दिन सकेन। अर्को एम्बुलेन्सको व्यवस्था पीडितले गरि सो एम्बुलेन्समा बिरामी सँगै एक जना नर्स र अक्सिजन को व्यवस्थापन गरि अस्पताललाई दिन अनुरोध गर्दा अस्पताल प्रशासनले सो व्यवस्था गर्न अस्वीकार गरे पछि बिरामी धनगढीको लागी जाँदै गर्दा कैलालीको सहजपुरमा बच्चा जन्मिए पछि आमा बच्चालाई सेती प्रादेशिक अस्पतालमा पुगाउँदा अस्पतालले बच्चालाई आईक्यूमा  राखे पनि बचाउन नसकेको कुरा पीडितका आफन्त गँगन धामीले बताएका छन्।

विहान नै भर्ना भए पछि जोगबुडा  अस्पतालका डाक्टरले यहाँ सुत्केरी गराउन सकिदैन धनगढी लिएर जानु भनी समयमा नै सल्लाह नदिएको, बरु यही नर्मल सुत्केरी हुन्छ भनी गलत सल्लाह दिएको , अस्पतालको एम्बुलेन्सलाई अस्पताल प्रशासनले २४औँ घण्टा सही अवस्थामा राख्नु पर्नेमा बिग्रिएको एम्बुलेन्सको मर्मत नगरी राख्नु र बिरामीका आफन्तहरूले एम्बुलेन्समा गम्भिर बिरामी रहेको अवस्थामा एक जना नर्स र अक्सिजनको माग गर्दा पनि अस्पताल प्रशासनले नदिएलाका कारण मेरो नवजात शिशुको निधन भएको भनी पीडितले बताएका छन।

यस घटनामा लापरबाहि गर्ने व्यक्तिहरूलाई कानुनी कारवाही गरिपाउँन  इलाका प्रहरी कार्यालय जोगवुढामा आज गँगन धामी ले उजुरी गरेका छन्। यस्तो घटना का बारे कानुनी व्यवस्था के छ भनी बिम्ब अनलाइनले अधिवक्ता लाल बहादुर जाग्रीलाई जिज्ञासा राख्दा कुनैले आफ्नो  काम र दायित्व  सही तरिकाले बहन गर्नु पर्नेमा कसैको त्रुर्टी, हेलचक्रायाइ वा लापरवाही वा जेसुकै बाट भए पनि कसैको जिउँ ज्यान वा सम्पत्तिमा हानी नोक्सानी भएमा दुष्कृतिको अपराध मानिन्छ र पीडितले मनासिब क्षतिपुर्ति भराइ लिन पाउने कानुनी व्यवस्था रहेको बताएका छन्। तर सो क्षतिपुर्ति भराइ दिने निकाय इलाका प्रहरी कार्यालय नभएको कुरा पनि बताएका छन्।


 

२०७९ माघ १५ २०:०८ बजे

प्रतिक्रिया