काठमाडौं आइपुगिन् अमेरिकी उपविदेशमन्त्री, को-को सँग हुँदै छ भेटवार्ता ?

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १५ १९:३१ बजे
अमेरिकी उपविदेशमन्त्री

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् । दुई दिने भ्रमणका लागि उनि नेपाल आएकी हुन् । उनले नेपालमा भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेता भेट्ने कार्यक्रम रहेको छ ।  प्रचण्ड प्रधानमन्त्री भएपछि कुनै पनि उच्च तहको विदेशी नेतृत्वको यो पहिलो भ्रमण हो ।

अमेरिकी दूतावास स्रोतका अनुसार नुल्यान्डले भोलि सोमबार नै एमाले अध्यक्ष केपी ओली र विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट्ने कार्यक्रम रहेको छ ।  उनले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेट्ने कार्यक्रम रहेको छ । 

३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उपविदेशमन्त्री नुल्यान्डले अमेरिकाका राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपतिहरू बाराक ओबामा र जर्ज डब्ल्यु बुस नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारीहरु निभाएकी थिइन।

दूतावासका अनुसार उनले  भेटघाटमा दुवै  देशबीचको बलियो दौत्य सम्बन्धमाथि जोड दिने छन । साथै उनले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्ने छन् ।

२०७९ माघ १५ १९:३१ बजे

प्रतिक्रिया