इरानको सैनिक इलाकामा ड्रोन हमला

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १५ १०:३१ बजे

काठमाडौं । इरानको एउटा सैनिक इलाकामा विस्फोट भएको छ । इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको  इरानका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् । 

रक्षा मन्त्रालयले भने मानवरहित ड्रोनबाट यो हमला भएको भन्दै यसलाई ‘नाकाम हमला’ भनेको छ ।

तीन वटा ड्रोनबाट आक्रमण भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।  जसमध्येका दुई वटा ड्रोनलाई एअर डिफेन्स सिस्टमले ध्वस्त गरिदिएको छ भने दुई वटा ड्रोनलाई इराकी सुरक्षा अधिकारीले आफ्नो जालमा फसाएर ध्वस्त पारेका छन् ।

रक्षा मन्त्रालयले यसबाट एउटा वर्कसपको छतमा सामान्य क्षति पुगेको र कुनै पनि जनधनको क्षति भएको छैन । परमाणु कार्यक्रम सञ्चालित इस्फहान शहरमा युरेनियम प्रशोधन केन्द्रसमेत रहेको छ ।

२०७९ माघ १५ १०:३१ बजे

प्रतिक्रिया