राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने वा नरहने भन्ने आज टुङ्गो लाग्ने

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १५ ०८:४५ बजे
राष्ट्रिय स्वतन्त्र पार्टी

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी आफू सरकारमा रहने वा नरहने भन्ने नणिर्य आज साँझ  सम्म गर्ने भएको छ । संसदीय दल र केन्द्रीय समितिको बैठक निरन्तर बसी रहेको र आज बेलुका सम्म नणिर्य आउने पार्टीका कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले  बताएका छन् ।

'केन्द्रीय बैठकको जारी रहेको छ, कसरी जाने सङ्गठन विस्तार , सरकारमा रहने वा नरहने भन्ने बारे हामी कानुन व्यावसायीहरू सँग छलफल गरिरहेका छाै‌ । सर्वोच्चकाे निणर्य स्विकर्नु भन्दा हामीलाई अर्को विकल्प छैन् ,'उनले भने । 

यता सरकारको नेतृत्व गरी रहेका माओवादी केन्द्रका अध्यक्ष  तथा प्रधानमन्त्री  प्रचण्डले सत्ता साझेदार दलहरूसँग छलफल गरिरहेका उनको सचिवालयले  जनाएको छ ।  चितवन दुईमा उपनिर्वाचन भए रवी लामिछानेले उम्मेदवारी दिने पाउने वा नपाउने भन्ने बारेमा निर्वाचन आयोगले केही पनि भनेको छैन् । 

उपप्रधानमन्त्री तथा गृह मन्त्री रबी लामिछानेको राजिनामा पछि  गृह मन्त्रीको कार्यभार पनि प्रधानमन्त्री प्रचण्डले समाले रहेका छन् । 

२०७९ माघ १५ ०८:४५ बजे

प्रतिक्रिया