ओमानबाट ल्याएको थप पाँच हजार मेट्रिक टन मल नेपाल भित्रियो

ओमानबाट ल्याएको थप पाँच हजार मेट्रिक टन मल नेपाल भित्रियो

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १७:३८ बजे
मल

 काठमाडौं ।  ओमनबाट आएको  पाँच  हजार  मेट्रिक टन मन नेपाल  आइपुगेका छन् । वीरगन्ज नाकाबाट थप १ लाख बोरा युरिया मल भित्रिएको छ। ओमानबाट खरिद गरिएको ३० हजार मेट्रिक टनमध्ये ५ हजार मेट्रिक टन (१ लाख बोरा) मल वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह ( ड्राइपोर्ट) नेपालमा आयात गरीएको हो ।  

गत शनिबार र सोमबार गरि  थप १ लाख बोरा युरिया मल वीरगन्ज आइपुगेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र चौलागाईंले  जनाएका छन् । शनिबार र सोमबार गरि दुई खेपमा २५र२५ सय मेट्रिक टन युरिया वीरगन्ज ड्राइपोर्टमा आइपुगेको  उनले जनाएका छन् ।  

यसअघि साउन १९ गते पहिलो खेपमा २५ सय मेट्रिक टन (५० हजार बोरा) युरिया मल वीरगन्ज ड्राइपोर्टमा आएको थियो।  साउन १९ देखि साउन २३ (बुधबार सम्म) गरि तीन खेपमा कुल १ लाख ५० हजार बोरा युरिया मल भारतको कोलकत्ता बन्दरगाहबाट वीरगन्ज स्थित ड्राइपोर्टमा आइपुगेको उनले  बताएका छन ।

उनले चौथो खेपमा बुधबार थप २५ सय मेट्रिक टन युरिया मल वीरगन्ज ड्राइपोर्टमा आइपुग्ने  जनाएका छन् । नेपाल सरकारले ग्लोबल टेण्डरमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेटन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले   दिएको थियो ।

ओमानबाट खरिद गरिएको कूल ३० हजार मेट्रिक टन युरियामध्ये २२ हजार ५ सय मल ९ खेपमा गरि  वीरगन्जकै ड्राइपोर्ट नाका हुँदै भित्रिनेछ भने बाँकी ७ हजार ५ सय मेटन मल विराटनगर नाका हुँदै आउने चौलागाईंले  जनाएका छन् ।

उनले  भने,विविध कारणले रोपाइँका बेला मल आउन सकेन, तर यति खेर धानबालीमा टप ड्रेसिङ गर्ने बेला भएको छ, यही बेला युरिया चाहिन्छ, एकदम ठिक बेला मल आइपुगेको छ।ु वीरगन्जस्थित कृषि सामग्री कम्पनीमा आइपुगेको युरिया मल मंगलबारदेखि जिल्लाहरूमा पठाउन शुरु गरिसकेको जानकारी पनि उनले दिए। जिल्लाबाट मलको बिक्रीवितरण भने बिहीबार या शुक्रबारदेखि मात्रै सुरु गरिने  भएको छ। 

कार्यालय प्रमुख चौलागाईंका अनुसार ओमानबाट अहिले खरिद गरि आयात भइरहेको ३० हजार मेट्रिक टन युरिया मलमध्ये मधेस प्रदेशमा ८ हजार ५ सय वितरण गरिने छ। पर्साका लागि भने ८ सय ५० मेटन (१७ हजार बोरा) र बाराका लागि १ हजार मेटन (२० हजार बोरा) युरिया वितरण गरिने चौलागाईंले जानकारी दिए।    

२०७९ साउन २४ १७:३८ बजे

प्रतिक्रिया