कोरोना संक्रमित हुनेको संख्या हजार कटेसँगै-दुईको मृत्यु

कोरोना संक्रमित हुनेको संख्या हजार कटेसँगै-दुईको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १७:२७ बजे
कोरोना संक्रमित

काठमाडौं  । नेपालमा  पछिल्लो  २४ घण्टामा  थप १०९० जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।  यसरी  आज  नेपालमा  १०० भन्दा  बढी  संक्रमण  पुष्टि भएको धेरै लामो समयपछिको  रेकर्ड  हो । 

स्वास्थ्य  तथा जनसंख्या  मन्त्रालयका अनुसार देशभरबाट ६३०० नमूना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २९५८ र एन्टिजेनबाट ३३४२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ५६० र एन्टिजेनबाट ५३० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

आज कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४३८ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५८०६ पुगेको छ।  

२०७९ साउन २४ १७:२७ बजे

प्रतिक्रिया