दुधिअवा माध्यमिक विद्यालयमा वाटर फिल्टर

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १४ १२:११ बजे
वाटर फिल्टर

काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका स्थित  दुधिअवा माध्यमिक विद्यालयमा वाटर फिल्टर जडान गरीएको छ ।  ५ लाख रुपैयाँभन्दा बढिपर्ने वाटर फिल्टर एक गैरसरकारी संस्थाले निःशुल्क जडान गरिदिएको हो । क्याम्पस प्रमुख रन्जन खरेलको पहलमा इपीसी नेपाल नामक संस्थाले विद्यालय परिसरमा निःशुल्क वाटर फिल्टर जडान गरेको हो।

वाटर फिल्टर प्लान्ट जडानबाट विद्यालयका  शिक्षक र विद्यार्थी  लाभान्वित भएको क्याम्पस प्रमुख खरेलले बताए । विद्यालयमा  आर्सेनिक र आइरनयुक्त  पानी विस्थापित भई शुद्ध पिउने पानीको व्यवस्थापन भएको  खरेलले बताए । 

इपीसी नेपालका निर्देशक फिरोज चौधरीको सक्रियतामा प्राप्त फिल्टरमा १ हजार लिटर पानी अटाउने  ट्याङ्कीमा जोडिएको छ। धाराबाट पानी खोलेपछी  ५० मिनेटमा ट्याङ्की फुल हुने र अटोमेटिक फिल्टर हुँदै जाने भएकाले दैनिक हजारौं लिटर पानी  फिल्टर हुनेछ। विद्यालय परिसर भित्र ११ ठाउँमा स्वच्छ खानेपानीको धारो जडान गरिएको छ । 

२०७९ माघ १४ १२:११ बजे

प्रतिक्रिया