राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १४ १२:०४ बजे
डोलप्रसाद अर्याल

काठमाडौं । नागरिकता विवादमा सर्वोच्च अदालतको पछिल्लो आदेशबाट पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि पार्टीको कार्यवहाक सभापतिको  जिम्मा डोलप्रसाद अर्यालले पाएका छन् । 

हिजै राती बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो ।

हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाक सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले बताएका छन् ।

अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् । कार्यवहाक सभापति अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् ।

२०७९ माघ १४ १२:०४ बजे

प्रतिक्रिया