पठानको हालको कमाइ १५० करोड भारु

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १४ ११:५९ बजे
पठान

काठमाडौं ।  पठान  फिल्मबाट शाहरुख खानको पुनरागमन भएको छ । शाहरुख खान किङ खानका नामले पनि  पहिचान बनाएका छन् । जताततै एउटै कोलाहल छ त्यो हो पठानको कोलाहल। फिल्म हेरेकोले पनि पठानको कुरा गरिरहेको छ र नदेखेकोले पनि पठानको कुरा गरिरहेको छ । बक्स अफिसमा पठानको दबदबा छ । ४ वर्षपछि मात्रै शाहरुख खान सफलताको आँधी बोकेर फर्किएका छन् ।

पठान रिलिजको पहिलो दिनदेखि नै सबै कीर्तिमान तोडिरहेका छन् । कमाईको मामिलामा शाहरुख खानको फिल्मले धेरै फिल्मलाई पछाडि छोडेको छ । उत्कृष्ट ओपनिङपछि पठानले दोस्रो दिनमै १०० करोडको व्यापार गरेका थिए।

पठानको तेस्रो दिनको प्रारम्भिक आँकडा अनुसार शुक्रबार फिल्मले करिब ३४ करोड ५० लाख भारु कमाएको छ, जसलाई पछिल्लो दुई दिनको कमाईमा जोड्दा अहिलेसम्म जम्मा १६२ करोड रुपैयाँ भारु कमाइ भएको छ । तर, पूर्ण तथ्याङ्क आउन बाँकी छ । जसमा सबैको नजर अडिएको छ । योसँगै पठानको ख्याति स्वदेशमा मात्रै नभएर विदेशमा पनि छ । शाहरुख खानको फिल्मले विदेशमा पनि राम्रो कमाई गरिरहेको छ ।

पहिलो दिन यो फिल्मले ५७ करोडको बम्पर ओपनिङ गरेको थियो । अर्कोतर्फ, दोस्रो दिन फिल्मले ७०.५ करोडको व्यापार गरेको छ । यो फिल्मले आफ्नो नाममा धेरै कीर्तिमान बनाएको छ । योसँगै पठान हिन्दी सिनेमाको सबैभन्दा ठूलो ओपनर फिल्म बनेको छ । यो शाहरुख खानको करियरको सबैभन्दा ठूलो ओपनर फिल्म पनि हो । स्टारदेखि लिएर सर्वसाधारणसम्म सबैले शाहरुखको फिल्मको तारिफ गरिरहेका छन् ।

२०७९ माघ १४ ११:५९ बजे

प्रतिक्रिया