बञ्चरेडाँडामा फोहोर बोकेर गएका टिप्पर र स्काभेटर तोडफोड

बञ्चरेडाँडामा फोहोर बोकेर गएका टिप्पर र स्काभेटर तोडफोड

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १७:१७ बजे
टिप्पर र स्काभेटर तोडफोड

काठमाडौं  ।  नुवाकोटको बञ्चरेडाँडामा फोहोर बोकेर गएका १४ टिपरमाथी  तोड फोड भएको छ ।  अज्ञात समुहले  टिपर लगायत लगाएत एक २ डोजर र एक स्काभेटर तोडफोड गरेको हो ।

नुवाकोट प्रहरी निरीक्षक लक्ष्मी खड्काअनुसार सिसडोल(बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइडमा फोहोर फाल्न लगिएको गाडीमा अज्ञात समुहद्वारा तोडफोड भएको  हो  ।  सोमबार राती ११ बजे तोडफोड भएको हो। तोडफोडका क्रममा गाडीका सिसाहरु फुटेका  उनले जनाएका छन् । तोडफोड कसले गरेको भन्ने बारे हालसम्म जानकारी नआइसकेको घटनाको बारेमा थप अनुसन्धान चलिरहेको  उनले बताएका छन् ।  

२०७९ साउन २४ १७:१७ बजे

प्रतिक्रिया