अनेरास्ववियुले नवनिर्वाचित साँसदहरु लाइ-- गर्यो सम्मान

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १३ १२:५६ बजे
सम्मान कार्यक्रम


काठमाण्डौ

 अनेरास्ववियू केन्द्रीय कमिटीले गत मंसिर ४ को निर्वाचनमा नेकपा (एकीकृत समाजवादी ) पार्टीका तर्फबाट निर्वाचित संघ तथा प्रदेश सभाका सांसदहरुलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरुलाई अब पार्टी संगठन बनाउन गाउँ जानुपर्ने निर्देशन दिनुभयो । पार्टीका उपाध्यक्ष तथा संसदिय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले कार्यक्रममा बोल्दै अनेरास्ववियूले स्ववियू निर्वाचनमा देखिने गरि हैसियत बनाउन मेहनत गर्नुपर्ने साथै अब आन्दोलनको रुप फेर्नु पर्ने बताउनु भयो । वर्तमान समयमा हिजो देशको लागि केही नगरेका , आन्दोलन नगरेकाहरु घण्टी बजाएको भरमा राजनीति माथी हावी भएकोकुरा पनि उहाँले बताउनु भयो । कार्यक्रममा संगठनका अध्यक्ष सुदेश पराजुलीले अब मुलधारको राजनीतिमा युवालाई पार्टीले भुमिका दिनुपर्ने जोडदिनु भयो 

२०७९ माघ १३ १२:५६ बजे

प्रतिक्रिया