चेन्नईबाट घर हिँडेका नेत्र नेपालीको ट्रेनमै भयो दुःखद निधन

एकता समाजद्धारा हार्दिक श्रद्धाञ्जली

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १३ १०:२५ बजे
नेत्र नेपाली

काठमाडौं । बाग्लुङ नगरपालिका १२ बलेवा  खाल्टा, बाग्लुङ जिल्ला निवासी नेत्र बहादुर नेपाली बिरामी अवस्थामा नै लामो समय चेन्नईमा कार्यरत थिए। बिरामी भई उपचार पछि राप्तिसागर एक्सप्रेसद्धारा नेपाल जाने क्रममा  २६ जनवरी २०२३ (२०७९ माघ १२ गते विहान ७ बजे झाँसी) मा ट्रेनमै दुखद निधन भएको छ। उहाँ चेन्नईको पान्डी बजारमा अबस्थित संगिता होटलमा कार्यरत थिए। उनी एकता समाज सदस्य पनि थिए। संगठानीक काममा सहयोगी स्वभावका थिए। अचानक बिरामी भए पछि होटल म्यानेजरले रायपेटा सरकारी हस्पिटलमा उपचारको लागि भर्ती गरेको थियो। उपचारको क्रममा सुगर बढि भए पछी देब्रे खुट्टाको अपरेशन भएको थियो । उपचार पछि दुवैमा रहेका निजका छोरा सँग परामर्श गरी आफन्त राम बहादुर नेपाली लगायतले २४ जनवरी २०२३ का दिन ट्रेन द्धार नेपाल लगेर जाँदै थिए। अचानक झाँसीको आसपास पुगेको बेला ७ बजे उनको निधन भएको छ।

घटनाको जानकारी आए पछि एकता  समाजले कानपुरमा लास झार्ने र सबैको सहमतिमा दाहसंस्कार गर्ने योजना बनाएर कानपुरका धनबिर बि क . सँग कुरा भएको थियो । तर आफन्तजनले नेपाल बाट एम्बुलेन्स बोलाएका छौ गोरखपुर बाट एम्बुलेन्स द्धार लास नेपाल लाने तयारी गरेको जानकारी दिनु भयो। 

कानपुर कटे पछि रेलवे अथारिटीले डेड बडि लखनऊमा झार्न आदेश दिए पछि लास लखनऊ झारिएको थियो। मूल प्रवाह र अखिल एकता समाजका भीम बहादुर थापा, बसन्त र विकास लगायतका व्यक्तिहरू र आफन्तजनको सहयोगमा लास ब्यबस्थापन गर्ने योजना हुदै थियो। तर घर परिवारको अनुरोधमा लास नेपाल ल्याउने सहमति भयो। त्यस पछि एम्बुलेन्स बुक गरेर लास गोरखपुर हुदै नेपाल  ल्याउने क्रममा  रहेको छ। यस दुखद समयमा  संगठन अखिल भारत नेपाली एकता समाज निजको  आत्मा प्रति चिर शान्ति को कामना गर्दै  शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट  गरेको कुरा एकता समाजका महासचिव महेन्द्र बस्यालले बताएका छन्।

२०७९ माघ १३ १०:२५ बजे

प्रतिक्रिया