डडेल्धुरामा एक महिला झुन्डिएकाे अवस्थामा भेटिइन्

bimbonline  गम्बीर वोगटी 
२०७९ माघ १३ ०८:३८ बजे
झुन्डिएकाे अवस्था

डडेल्धुरा । डडेल्धुरामा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन। बुधबार जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ घुस गाउँका मनोज बोगटीकि श्रीमती वर्ष २० कि निर्मला बोगटीले घाँटीमा डोरीले पासो लगाएर आत्महत्या गरेकी हुन।

ससुरा घट्ट अनि सासू किनमेल गर्न स्थानीय गैरा बजार गएको र घरमा कोही नभएको अवस्थामा आफ्नै सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरेको गाँखेत प्रहरी चौकीका प्रमुख गजेन्द्र बहादुर कार्कीले बताए ।

मृतक निर्मलाका श्रीमान मनोज बोगटी रोजगारीको सिलसिलामा २२-२४ दिन अगाडि मात्र भारत गएका थिए। स्थानीयका अनुसार घरमा श्रीमान श्रीमती तथा अन्य घरपरिवारमा राम्रो मेलमिलाप रहेको थियो तर के कारणले आत्महत्या भयो बुझ्न नसकिएको बताएका छन् । १ वर्ष पहिले मात्र मनोज र निर्मला बिच प्रेम विवाह भएको थियो ।

घरको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण मृतक निर्मलाका श्रीमान मनोज बोगटी केही दिन अगाडि भारत गएका हुन। श्रीमान सँगै आफुँ पनी भारत जान खोजेकी थिइन तर श्रीमानले घरमै बस्न भने पछि घरमै बसेकी थिइन स्थानीय सुरत बोगटीले बताए।

बिहीवार डडेल्धुरा अस्पतालमा पोस्टमार्टम पछि मृतक निर्मलाको शव आफन्तले बुझेर दाहसंस्कार गरेको गाँखेत प्रहरीले जनाएको छ।

२०७९ माघ १३ ०८:३८ बजे

प्रतिक्रिया