पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १३ ०८:२३ बजे
आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको  जल तथा मौसम पुवार््नुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सुरकुहिरो लागेको छ।

भोली दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 भोली राती  प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।राईका थोरै स्थानहरूमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरीएको छ । 

२०७९ माघ १३ ०८:२३ बजे

प्रतिक्रिया