क्याम्ब्रिज पब्लिक स्कुलमा वसन्त पञ्चमी एवम् सरस्वती पूजा सम्पन्न

bimbonline डम्मर धामी
२०७९ माघ १२ १९:५८ बजे
प्रिन्सिपल हर्केश साँकी सहित पुजा गर्दै

काठमाडौं । डडेल्धुराकाे क्याम्ब्रिज पब्लिक स्कुल मासरस्वती पूजा एव वसन्त पञ्चमी २०७९ भव्यताका साथ सम्पन्न गरिएकाे छ ।  कार्यक्रम सम्पूर्ण विद्यार्थी, विद्यालयका शिक्षक शिक्षिका, कर्मचारी आदरणीय अभिभावक , विद्यालय सञ्चालक समिति र जिल्लाका विविध क्षेत्रमा कार्यरत तह र तप्काका शिक्षाप्रेम तथा समाजसेवीहरूको भव्य उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित सरस्वती पूजा र शैक्षिक सत्र २०८० का लागि सरस्वती पूजाको अवसरमा वैदिक मन्त्रोच्चारणद्वारा अक्षरारम्भ  गरी सम्पन्न गरिएको हो । 


            सामुहिक पुजा 

उक्त कार्यक्रममा अधिवक्ता एव शिक्षक विष्णुराज भट्टले स्वागत मन्तव्य राख्दै शिक्षा र सरस्वती पूजाको महत्त्व बारे प्रकाश पार्नु भयो ।  साथै विद्यालयमा अध्यापनरत आदरणीय शिक्षक जानकीरमण चटौतले विद्यार्थीले सरस्वतीको पूजा सँगै सरस्वती जस्तै पवित्र हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले माता सरस्वतीले धारण गरेका हरेक श्वेतवस्त्र अलङ्कार आसन र वीणाको महत्त्व धारण गर्नुपर्ने बिचार व्यक्त गर्नु भयो । 

वसन्त पञ्चमीको अवसरमा विद्यालयले आयोजना गरेको निशुल्क भर्ना कार्यक्रममा २० जना नव आगन्तुक विद्यार्थीहरूलाई अक्षरारम्भ गराइएको जानकारी विद्यालयका प्रधानाध्यापक  हर्केँश साँकीले जानकारी गराउनु भयो ।

                 नयाँ बालबालिकाहरूलाई  अक्षरारम्भ  गर्दै शिक्षिकाहरु

२०७९ माघ १२ १९:५८ बजे

प्रतिक्रिया