दलितको पिडा

bimbonline करन दयाल
२०७९ माघ १२ १४:५६ बजे
करन दयाल

दलित बिना काम कुनै ठाउँमा नहुने।

कामगरिसके पछि त्यहा  जाननहुने।

मानवलाई मानवले अपहेलित गरेर

तिस्कार बहिस्कार गरेर जानू पर्ने।

 

कस्ताे चलन छ दलितहरूकाे लागि।

छिचाेमिचाे सबै सहन्छ दलित जातिका लागि ।

अधिकार बिहिन भएर बस्न बाध्य हुन

परिरहेकाे छ दलित जातिहरूका लागि।

 

दलितहरूका जात र भेषभुसाहरू छन। 

उनिहरूका आफ्ना रितिरिवाजहरू छन।

ती रितिरिवाज हरूलाई मासेर त्यसैमा

टेकेर नकचराहरूले राज गरिरहेका छन।

 

लाज लाग्दैन यी दलित दमनकारिीहरूलाई।

दलितहरूले मेहनत मात्रै गर्ने, फाइदा अरूलाई।

याे बिडम्बना कहिले सम्म हाे ,दलित परिवर्तन 

कसरी परिवर्तन गर्नसकिन्छ यि दलितहरूलाई।

 

कानुन ऐनले दलित काेटा अलग्गै लेखेका छन।

दलितहरूकाे लागि सहुलियत देखाएका  छन।

त्याे एउटा कागजमा लेखेर जनतालाई भ्रमित पारेर

पारेर कागजिबाघकाे खाेस्टाे मात्र देखाएका छन।

 

कानुनले दलित माथि अन्याय गरेकाे केहि छैन 

त्यहाँ त टाउकाेमा टेक्ने झुण्ड छ त्यसैले हुदैन।

कानुनलाई मिच्नेहरूकाे बहुमत भएकै कारण

दलित समानुपातिक प्रवृत्ति भित्र पारेका  छैन।

                   ( त्यसैले )

दलित अधिकारकाे लागि दलित नै जुट्नु पर्छ।

दलितहरूले बर्गिय आन्दाेलनमा सहभागी हुनुपर्छ।

दलित आन्दाेलनकाे उठान तिब्रगतिकाे रूपमा 

अगाडी बढाउनु दलितहरू नै अनिवार्य जुट्नुपर्छ।

 

हसियाहताेडा बनाउने हातहरूले बन्दुक बनाउनुपर्छ।

अधिकार र क्षमता लाइ धारिलाेस्पात बनाउनु  पर्छ।

सामाजिक बैचारिक ज्ञानबाट परिपक्वता साहसिक  योद्दा

 जनसागरकाे जनप्रेमि र जनप्रतिनिधि हुनुपर्छ ।

 

( करन दयाल दक्षिण भारत बेँगलाेर )

 

 

२०७९ माघ १२ १४:५६ बजे

प्रतिक्रिया