वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १२ ०६:२९ बजे
राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिनुभएको छ।  शुभकामना शन्देशमा  वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गरिएको छ।   

राष्ट्रपति भण्डारीले  आजका दिनमा गरिने वसन्त श्रवण र सरस्वती पूजाले  हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर  रहेको बताउनुभएको छ । यस पर्वका माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने समेत योगदान पुग्ने विश्वास  शुभकामना शनदेशमा व्यक्त गर्नुभएको छ। 

शिक्षा र ज्ञानकी आराध्य देवी सरस्वतीको पूजाअर्चना गरी वसन्तपञ्चमी बिहीबार मनाइँदैछ। माघ शुक्ल पञ्चमीका दिन सरस्वती पूजा गरिन्छ।

काठमाडौँको वसन्तपुरमा रहेको हनुमानढोकाभित्रको नासलचोकमा राष्ट्र प्रमुखको उपस्थितिमा वसन्त श्रवणको आयोजना गर्नुका साथै विभिन्न स्थानमा रहेका सरस्वतीका मन्दिरमा पूजाअर्चना गर्ने गरिन्छ। 

२०७९ माघ १२ ०६:२९ बजे

प्रतिक्रिया