तीन वर्षीया छोराको हत्या आरोपमा बाबु पक्राउ

तीन वर्षीया छोराको हत्या आरोपमा बाबु पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १६:४३ बजे
बाबु पक्राउ

काठमाडौं ।  बर्दियामा आफ्नै तीन वर्षीय छोराको हत्या आरोपमा बाबु पक्राउ परेका छन् । बैतडी स्थायी घर भई बर्दियाको बाँसगढी(५ मा भाडामा बस्दै आएका डम्बर बहादुर बोहोरा छोराको हत्या  गरेको  आरोपमा पकाउ  गरेका  हुन् ।   । साउन १६ गते बिहान करिब ७ बजेतिर छोरालाई घरबाट लगेर डम्बरबहादुर सम्पर्कविहीन भएको परिवारले जनाएका छन् । 

छोरालाई लिएर बोहोरा सम्पर्कविहीन भएपछि आफन्तीले छोराको खोजी गरी पाउँ भनेर इलाका प्रहरी कार्यालय बाँसगढीमा निवेदन दिएका थिए । तर, प्रहरीले बच्चा फेला पार्न सकेको थिएन । बालकका मामा शरद चन्दले सम्पर्कविहीन बोहोरालाई सोमबार बिहान ९ बजे समातेर प्रहरीको जिम्मा लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सूर्य प्रकाश सुवेदीका अनुसार  प्रहरीले अनुसन्धान गर्ने क्रममा बासँगढी नगरपालिका र बारबर्दिया नगरपालिकाको सीमानामा पर्ने ग्याङ्ग नदीको पश्चिम जनकल्याण मध्यवर्ती सामुदायिक वनमा बालक मृत भेटिएको  हो । 

बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया पठाइएको छ । हत्या आरोपमा पक्राउ परेका बोहोरामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ साउन २४ १६:४३ बजे

प्रतिक्रिया