जनकपुरमा डिसहोम फाईवरनेटको वितरण सोरुमको समुद्घाटन

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ११ ०९:४८ बजे
डिसहोम फाईवरनेट

जनकपुर । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिसहोम फाईवरनेटले जनकपुर मा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ ।

सोरुम समुद्घाटन, डिसहोमका तर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाह को उपस्थिति मा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरि डिसहोमकाे डिटिएच सेवा ग्राहकहरूमाझ पुर्याउँदै आएका न्यु लक्ष्मी इन्टरप्राइज ले अब डिसहोम फाईवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ। 

५५०० भन्दा धेरै ग्राहकलाई डिसहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेको न्यु लक्ष्मी इन्टरप्राइज अव अझ बढी ग्राहकहरुकोमाझमा पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने जनकपुर का सञ्चालक सुनिल महतो ले जानकारी दिनुभयो ।

२०७९ माघ ११ ०९:४८ बजे

प्रतिक्रिया