विभिन्न नकआउट फुटबल प्रतियोगिताको मिति स्वीकृत

केपी ओली कप काठमाडौंमा हुने

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १० २०:०४ बजे
अखिल नेपाल फुटबल संघ (एन्फा)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशमा हुने विभिन्न नकआउट फुटबल प्रतियोगिताको मिति स्वीकृत गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुने भएको छ । केपी ओली कप काठमाडौंमा फागुन ११ देखि १७ गतेसम्म हुनेछ ।

मिति अनुसार राजर्षि जनक गोल्डकप र मेयर कप फुटबल प्रतियोगिता सर्लाही र महोत्तरी जिल्लामा क्रमशः माघ २६ र   फागुन ६ गतेसम्म हुने भएको छ भने प्रतियोगिता मकवानपुरमा माग २९  देखि फागुन ९ गतेसम्म मकवानपुर गोल्डकप हुनेछ । भद्रपुर गोल्डकप झापाको भद्रपुरमा हुनेछ भने तिलोत्तमा गोल्डकप रुपन्देहीमा फागुन ६ देखि १६ गतेसम्म हुनेछ । 

 सुनसरीमा बुढासुब्बा गोल्डकप फागुन १३ देखि  चैत ४ देखि १४ गतेसम्म इलाममा माईभ्याली गोल्डकप र चैत ४ देखि चैत १४ गतेसम्म इटहरीमा हुने इटहरी गोल्डकप स्वीकृत भएको छ ।

मोरङमा हुने विराट गोल्डकप र बारामा सिमरा गोल्डकपको फाइनल नकआउट प्रतियोगिता चैत ९ देखि अप्रिल १८ सम्म हुनेछ । 

२०७९ माघ १० २०:०४ बजे

प्रतिक्रिया